बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ ‘दसौँ रमपम विन्धवासिनी म्युजिक अवार्ड २०७६’ सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न समारोहमा दीर्घ साधना सम्मान, कला पत्रकारिता सम्मान र विभिन्न ३४ विधामा गीत संगीत क्षेत्रमा अवार्ड प्रदान गरिएको थियो ।

१ लाख रुपैयाँ नगद पुरस्कारसहित ‘विन्धवासिनी दीर्घ साधना सम्मान २०७६’ बाट वरिष्ठ गायक कुमार बस्नेत सम्मानित भए । नेपाली गायन क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।
नेपाली पत्रकारितामा पुर्‍याएको योगदान स्वरूप बाह्रखरीकर्मी राजेश खनाललाई २५ हजार ५ सय २५ रुपैयाँ सहित ‘विन्धवासिनी कला पत्रकारिता पुरस्कार २०७६’ बाट सम्मानित गरिएको हो ।
विन्धवासिनी फाउन्डेसनद्वारा आयोजित अवार्ड समारोहमा लोक दोहोरी गीत सालको पातले ४ विधामा अवार्ड हात पारी आफ्नो दबदबा कायम गरको थियो ।
आनन्दराज खनालको एल्बम ‘तिम्रो साथ’ ‘सर्वोत्कृष्ट एल्बम सुगम संगीत’ र खनालकै शब्द रहेको ‘मनै लोभ्याउने’ गीतबाट गायिका बानिका प्रधानले ‘सर्वोत्कृष्ट गायन’ र उनकै शब्द रहेको ‘सम्झनामा न आउ तिमी’ बाटै संगीतकार आशिष अविरलले ‘सर्वोत्कृष्ट आधुनिक संगीत’ को अवार्ड प्राप्त गर्न सफल भएका हुन् । ***

तपाईको प्रतिक्रिया