आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ ।

जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारी साधान चलाए जोसुकैलाई कारबाही हुने बताउँछन् । उनले भने, ‘नियममै उल्लेख भएको कुरा हो । ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं ।’

यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

१ माघ २०७५ मा पनि ट्राफिकले यातायात व्यवस्था विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो, जसको जनस्तरबाट व्यापक विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि टुटल र पठाओमा रोक नलगाउन निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।

 

तपाईको प्रतिक्रिया