आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – यातायात कार्यालय एकान्तकुनाका तीन जना उपसचिवसहित ३८ जनालाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारीचालक अनुमति पत्रको ट्रायल परीक्षामा फेललाई पास बनाएको आरोपमा उनीहरुलाई मुद्दा हालेको हो ।

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ विरूद्ध भ्रष्टाचार अभियोगमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको जनाएको छ । अख्तियारका अनुसार मुद्दा दायर गरिएकामा ईन्जिनियर बासुदेव पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्र, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, बाबुराम रेग्मी, धर्मराज ढुंगानालगायत छन् ।

तत्कालीन शाखा अधिकृत रेग्मी र ढुंगाना अहिले उपसचिव भइसकेका छन् । तत्कालीन प्रहरी निरीक्षक नवराज थापा अहिले डिएसपी भइसकेका छन् । २०६९ साल वैशाख, जेठ र असार महिनामा प्रयोगात्मक परीक्षा (ट्रायल) फेल भएका १२८४ जनाको नतिजा फेलबाट पास तथा फेरबदल गरेर अनुमतिपत्र जारी गरेको, सरकारी कागजात नोक्सान गरेको, राजश्वसमेत चुहावट गरेको, सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि हुन आएकोले उनीहरूलाई भ्रष्टाचार मुद्दा लगाइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

तत्कालीन कार्यालय प्रमुख पोखरेलसँग २४ हजार ३ सय रुपैयाँ, ईन्जिनियर पोखरेलसँग तीन लाख ४६ हजार ७५० रुपैयाँ, मिश्रसँग ३५ हजार ९००, थापासँग २४ हजार ९००, रेग्मीसँग ४० हजार, ढुंगानासँग आठ लाख ५९ हजार ५५०, थपलियालाई ११ हजार १ सय रुपैयाँ बिगो मागिएको छ।

मुद्दा दर्ता भएका अन्य  कर्मचारी : –

सि.नं. पद नामथर बिगो रकम कैफियत
शाखा अधिकृत (हाल निलम्बन) चक्रबहादुर श्रेष्ठ रु. १,७००।- जारी गर्ने
शाखा अधिकृत पदमप्रसाद पोखरेल रु. २,८००।-
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं) वासुदेब तिवारी रु. ३,३००।-
शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा रु. १,७००।-
शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनाल रु. ४,१५०।-
शाखा अधिकृत भविन्द्र कार्की रु. ३,०५०।-
नायव सुब्बा वच्चुप्रसाद पोखरेल रु. १००।- सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना रु. २००।-
नायव सुब्बा कमलकुमार खत्री रु. १००।-
१० नायव सुब्बा (हाल निलम्बन) मदन गिरी रु. २५०।-
११ नायव सुब्बा प्रेमराज निरौला रु. १,७००।-
१२ नायव सुब्बा(हाल अवकास) राधाकृष्ण पोखरेल रु. ५००।-
१३ नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारी रु. १००।-
१४  नायव सुब्बा शिवप्रसाद चापागाई रु. ५००।-
१५ नायव सुब्बा (हाल अधिकृत छैठौं) उमाकान्त जोशी रु. २००।-
१६ प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्य बज्र वज्राचार्य रु. २,७००।-
१७ कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने रु. १००।-
१८ टाईपिष्ट नायव सुब्बा कविता खड्का रु. २,१००।-
१९  टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे  रु. १००।-
२० खरिदार(हाल ना.सु.) वावुकृष्ण महत रु. १००।-
२१ खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल रु. १००।-
२२ खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा रु. २००।-
२३ खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला रु. ३५०।-
२४ खरिदार(हाल ना.सु.) मणिराम कोइराला रु. ३००।-
२५ खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री रु. १००।-
२६ खरिदार . रघुनाथ के.सी रु. २००।-
२७ खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई रु. ९००।-
२८ खरिदार (हाल ना.सु) तिर्थराज जैशी रु. १,३००।-
२९ टा.खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारी रु. ५००।-
तपाईको प्रतिक्रिया