आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेका छन् । मिर्गौला रोगले पीडित प्रधानमन्त्री नियमित स्वास्थ्य जाँचपछि आजै साँझ निवासमा फर्कने छन् ।

‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि ग्रान्डी अस्पताल पुग्नु भएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘परीक्षणपछि उहाँ आजै निवास फर्कने योजना छ ।’

१२ वर्षअघि प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेका थिए । नियमित डायलाइसिस गर्ने कि पुनः मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयले कुनै निष्कर्ष निकालिसकेको छैन ।

तपाईको प्रतिक्रिया