आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – भारतमा स्वर साम्राज्ञीले पुकारिने ९० वर्षीया गायिका लता मंगेशकर बिरामी भएकी छन् । आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ ।

फोक्सोमा संक्रमण देखिएपछि उनलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको हो । चिकित्सकले आईसीयूमा राखेर उपचार भइरहेको छ । स्वास फेर्न नसक्ने भएपछि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका ईन्टरनल मेडिसिन फिजिसन डा.प्रतीत समदानीका अनुसार, उनको बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ । ‘बायाँ भेन्टिकुलरमा समस्या देखिएको छ। निमोनिया पनि भएको छ । स्वास्थ्य अवस्था गम्भीर छ,’ डा.समदानीले भने । उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, दुई दिनदेखि उनको स्वास्थ्यमा खासै सुधार आएको छैन ।

लताकी बहिनी उषाले पनि पीटीआईसँग कुराकानी गर्दै उपचार भइरहेको बताएकी छन् । उनले भने लताको स्वास्थ्यमा सुधार आइरहेको बताएकी छन् । प्रसिद्ध गायिका लताले थुप्रै गीत गाएकी छन् । उनले ३५ भाषामा गीत गाएकी छन् । उनले पहिलो गीत सन् १९४२ मा ‘माता एक सपूत की दुन‍िया बदल दे तू’ गाएकी थिइन्। उनले एक हजारभन्दा बढी फिल्ममा स्वर दिएकी छन् ।

तपाईको प्रतिक्रिया