बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बागलुङ – नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका कलाकार मध्यका एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका-७ मल्ममा जन्मेका खत्री लामो समयदेखि अनवरत रुपमा लोक दोहोरी क्षेत्रमा सक्रिय छन । सिसा टल्केको गीती एल्वमबाट आफ्नो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीत संगीतको बजारमा हजारौं गीत श्रोता दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनी लोक दोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । आफ्नै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले विदेशमा नेपालीको पीडा, माया प्रेम संगै सहिदका समेत गीतहरु मार्फत नेपाली लोक दोहोरी क्षेत्रमा एक नक्षत्रको रुपमा स्थापित भईसकेका छन ।

वि.सं. २०५७/०५८ तिरबाट गीत संगीतमा लागेका खत्रीको अहिले विल्कुलै नयाँ गीत ‘झरनाको पानी’ बजारमा ल्याएका छन् । आफ्नै युट्युव च्यानलमार्फत उक्त गीत उनले रिलिज गरेको केहि घण्टामै आम श्रोता दर्शकको उल्लेख्य माया पाएको छ । गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ । माया प्रेमको कथावस्तु समेटेर तयार पारिएको गीतको शव्द पनि निकै मर्मस्पर्शी छ ।

‘झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी सबले, कोहीको छैन भन्छन्… ….’

केटा : हामलाई हेर्दै घामले एकछिन डुब्न बिर्स्या रैछ
जुनले हेर्नै सकेन रे कम्ता इर्ष्या रैछ
केटी : मन परेको मान्छे तिमी पाएको छु साथमा
पाए जस्तै भा’छ मलाई आकाशको जुन हातमा

बहुचर्चित म्युजिक एरेञ्जर आशिष अविरलको एरेञ्ज गर्नुभएको यस गीतलाई राग स्टुडियोमा रेकर्ड गरिएको थियो । चर्चित निर्देशक शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा मोडल आयुष रिजाल र अनु शाहको दम्दार अभिनय छ । यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए । ***

तपाईको प्रतिक्रिया