बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

वीरगञ्ज – वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी छन् ।

महोत्सव उदघाटनअघि चलचित्र कलाकारहरु ‘प्रभातफेरि’ मा सहभागी भएका थिए । घण्टाघरबाट सुरु भएको ‘प्रभात फेरि’ रंगशालासम्म पुगेको थियो ।

चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गरे । ***

तपाईको प्रतिक्रिया