बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडाैं – पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारकै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताए । अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उनले यसको जानकारी गराएका हुन् ।

‘पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उनले निकै कमजोर महशुस गर्नुभएको छ’, ट्विटमा लेखिएको छ ।  पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उनलाई अस्पताल पुर्‍याइँदा नै निकै बिग्रिएको थियो । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पुर्‍याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उनलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उनको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताएका थिए । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उनलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ । विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ । रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।

तपाईको प्रतिक्रिया