बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बद्नाम गर्नेहरू प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । आइतबार नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको बद्नाम गर्न खोजेको आरोप लगाए ।

परिवर्तनका विरोधलाई कम्युनिष्टको एकता र सरकार मन नपरेको उनको भनाइ थियो। ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्तिविरुद्ध आ-आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु,’ प्रचण्डले भने । राजतन्त्रको अन्त्य गर्न काठमाडौंका जनता निर्णायक भएको उनको जिकिर थियो । परिवर्तनका विरोधी जनतामा भ्रमण सिर्जना गराउन खोजिरहेको उनको आरोप थियो ।

नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अहिले नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्व सक्रिय भइरहेका छन्, त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने छ ।’

अध्यक्ष प्रचण्डले नेपाल संंवत्लाई नेवारहरुको मात्र संवत् हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउँदै यसलाई साझा संंवत्का रूपमा लैजानुपर्ने औल्याए । आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको तर व्यवहारमा अझै प्रभावकारी नभएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया