आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण भएको छ । शुक्रबार राति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अस्पतालका सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल ढंगले कलेजो प्रत्यारोपण गरेको हो ।

यसअघि जेठ महिना र साउनमो दुई पटक गरिएको कलेजोको प्रत्यारोपण सफल भएपछि यो पटक २७ वर्षका छोराको कलेजो ५० वर्षका बुवालाई प्रत्यारोपण गरिएको डा.सिंहले जानकारी दिए । १८ जेठमा ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको थियो । जलेजो प्रत्यारोपण गरिएकाहरुको विवरण भने अस्तालले गोप्य राख्ने गरेको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नै कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

तर, केन्द्रले त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म तीन जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ । भारतमा कजेजो प्रत्यारोपण गर्दा ५० देखि ७० लाख खर्च लाग्ने गरेको छ भने नेपालमा कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया