Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – स्तन क्यान्सर महिलालाई मात्रै हुने सोच्नुहुन्छ ? त्यसो हो भने सावधान, स्तन क्यान्सर पुरुषलाई पनि हुन्छ । हलिउड गायक बियोन्सेका बाबु मैथ्यू नोल्सले यस्तो खुलासा गरेका हुन् । उनी स्तन क्यान्सरका बिरामी हुन् । बीबीसीका अनुसार, मैथ्यूले एक टेलिभिजन कार्यक्रममा यस्तो बताएका हुन् ।

पुरुषमा स्तन क्यान्सरका लक्षण
पुरुषलाई स्तन क्यान्सर सम्भावना कम नै हुन्छ । ७० वर्ष भन्दा बढी आयु भएका पुरुषलाई स्तन क्यान्सर हुने बताइएको छ ।  अधिकांश मानिसहरू यसको लक्षणलाई बेवास्ता गर्ने गरेको पाइन्छ, फलस्वरुप गम्भिर रोगको शिकार बन्न उनीहरू विवश हुन्छन् । पुरुषमा स्तन क्यान्सरका लक्षणहरू यस्ता छन् ।

छातीमा गाँठो पर्नु
छातीमा गाँठो परिरहन्छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन । यो स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ । यस्ता गाँठोमा दुखाई हुँदैन । जब जब क्यान्सर बढ्दै जान्छ, यसको असर गर्धनतर्फ फैलँदै जान्छ ।

निप्पल खुम्चँदै जानु
जब ट्यूमर बढ्दै जान्छ, लिन्गामेन्ट्स स्तनभित्र तानिन्छ । यस्तो अवस्थामा निप्पल भित्र जान्छ । निप्पलको छेउको छाला पनि सुख्खा हुन्छ ।

निप्पलमा दाग
आफूले लगाएको सर्ट अथवा अन्य कपडामा कुनै प्रकारको दाग देखेमा यसलाई बेवास्ता गर्नु हुँदैन । बियोन्सेका बुवा मैथ्यूले आफ्नो बारे बताउँदै आफूलाई क्यान्सर थाहा हुँदा मात्रै सर्टमा रगतको दाग देखिएको बताएका छन् । त्यसकारण कपडामा रगतको दाग देखेमा वेवास्ता नगरी चिकित्सकको सल्लाह लिन जरूरी हुन्छ ।

पिम्पल जस्तै घाउ
स्तन क्यान्सरमा ट्यूमर छालाबाट बाहिर आउँछ, यसरी क्यान्सर बढ्दै जाँदा निप्पलमा देखिने खालको नै घाउ लाग्न सक्छ । यो घाउ पिम्पलजस्तो हुन्छ । यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह लिन जरूरी छ ।

तपाईको प्रतिक्रिया