आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै विजया दशमी दिन अपराह्यन ४ बजेपछि टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंको उपलक्षमा राजधानीका विभिन्न शक्ति पीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया