आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारी बताएका छन् । उत्तर कोरियाले वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ ।

सो मिसाइल ४५० किलोमिटरको दूरी तय गरेर सी अफ जापानमा गएर खसेको हो । मिसाइल ९१० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले सबमरिनबाट मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले परमाणु निशस्त्रीकरण सम्बन्धी अमेरिकासँगको वार्ता आउँदो शुक्रबारदेखि पुनः स्थापित हुने बताएको केही घण्टापछि नै मिसाइल प्रहार गरेको हो ।

तपाईको प्रतिक्रिया