Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ९५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा मुद्रास्फीति २ दशमलव ७६ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव ०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव १२ प्रतिशत रहेको छ । सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेको भए पनि आर्थिक वर्षको पहिलो महिनामै मुद्रास्फीति सरकारको लक्ष्यभन्दा प्रतिकुल देखिएको छ ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । काठमाडौं उपत्यकामा ८ दशमलव ६३ प्रतिशत, तराईमा ६ दशमलव ४६ प्रतिशत, पहाडमा ५ दशमलव ९२ प्रतिशत र हिमालमा ५ दशमलव ५७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३ दशमलव ४९ प्रतिशत, ४ दशमलव १४ प्रतिशत, ५ दशमलव २६ प्रतिशत र २ दशमलव ७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।  साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत रहेकोमा भारतमा अगस्ट महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव २१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत र भारतको ३ दशमलव ६९ प्रतिशत रहेको थियो ।

२०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६ दशमलव ४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३ दशमलव १० प्रतिशत, ६ दशमलव ५९ प्रतिशत र ३ दशमलव ४५ प्रतिशत रहेको छ । प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको छ ।

तपाईको प्रतिक्रिया