मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडाैं – जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ ।  समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो ।

दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र उनका जापानी समकक्षी सिगेकी ताकिजाकीबीच सो वार्ता हुन लागेको हो । दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार उक्त द्विपक्षीय वार्ता हुन लागेको छ । उक्त वार्ताका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुने जानकारी सो विज्ञप्तिमा दिइएको छ ।

यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ ।  सोही विवादलाई सहज बनाउने प्रयासस्वरुप उनीहरुबीच यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले जानकारी दिएका छन् । गत महिना यस विषयमा विवाद उठेपछि यी दुई देशबीचमा कुनै द्विपक्षीय वार्ताका लागि भएको यो पहिलो पहल भएको अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा

तपाईको प्रतिक्रिया