बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैंपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।

राजधानीमा बिहीबार पत्रकारहरुसंगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले सो कुराको खुलासा गरेका हुन् ।

‘फोरमसंग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौं’- डा. भट्टराईले भने ।
उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।

उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए । उनले भने – ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौं । त्यसकारण यो सरकारमा बसिरहनुको औचित्य छैन ।’ ***

तपाईको प्रतिक्रिया