मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

चितवन – पर्यटकीय जिल्ला चितवनको भरतपुरमा २८ करोडको लागतमा ग्यालेक्सी गार्डेन रिसोर्ट बन्ने भएको छ ।

गत जेठ महिनाबाट होटलको भौतिक पूर्वधार निर्माण कार्य सुरु भएको रिसोर्टका अध्यक्ष इमान्दु बरालले जानकारी दिए । ब्याङ्क्वेट र रेष्टुरेन्टसहितको संरचना बनेपछि होटलको निर्माण कार्य थालिने उनले बताए ।

४२ कठ्ठा क्षेत्रफलमा रहेको रिसोर्ट नारायणगढ बजारबाट ४ किलोमिटर र चौंविसकोठीबाट ३ दशमलव ५ किलोमिटर दक्षिण पश्चिममा पर्छ । रिसोर्टको सबै संरचनालाई अन्तिम रुप दिँदा लागत ४५ करोडको हाराहारीमा पुग्ने अनुमान छ । ६० बेड क्षमता रहने होटलमा १ सय ५० जना अटाउने छन् । रिसोर्टमा ५३ जना व्यवसायीहरुको सामूहिक लगानी रहेको बरालले बताए ।

नारायणगढ बजारको कोर क्षेत्रबाट केही टाढा शान्त वातावरण भएको स्थान रिसोर्टका लागि चयन गरिएको उनले बताए । पर्याप्त पार्किङ र खुल्ला क्षेत्र रिर्सोटमा रहने उनको भनाइ छ ।***

तपाईको प्रतिक्रिया