मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।
केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन्।

‘मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहुनेछ’ रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए । राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् । ***

तपाईको प्रतिक्रिया