बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्व विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

भेटमा मेयर शाक्यले सम्पादा, संस्कृति र परम्पराको संरक्षणका सक्दो पहल गरिरहेको बताए। सम्पदा पुर्ननिर्माण गर्दा परम्परालाई जोगाउँदै भूकम्प प्रतिरोधी ढंगले गरिरहेको पनि उनले जानकारी दिए।  ‘इन्द्रजात्रा अवलोकनका लागि जापानबाट प्रतिनिधि आउँदा खुशी भएका छौँ’, मेयर शाक्यले भने। राजदूत साइगोले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘अहिलेसम्म नेपालमा टेकिङ र बौद्ध धर्मसँग जोडिएका मानिस मात्र आउने गरेका छन्,’ साइगोले भने, ‘नेपालमा हिमाल, पहाड र बौद्ध धर्मसँग सम्बन्धित कुरा मात्र छैनन्। सम्पदा, संस्कृति, परम्परा र लोभलाग्दा प्राकृतिक सौदर्यको अवलोकनका लागि पनि नेपाल जानै पर्छ।’

मेयर शाक्यले विगतमा पनि जापानको सहयोग नेपाललाई निरन्तर प्राप्त भएको भन्दै आगामी दिनमा पनि सहयोग आदन-प्रदान निरन्तरता रहने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया