आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न चीनबाट आइरहेको चाइना साउदर्न एयरलाइन्सको जहाज अविरल वर्षाका कारण उतै ‘डाइभर्ट’ भएको छ । विमानस्थलको मौसम सामान्य भए पनि बीचबाटो (एनरुट) को मौसम खराब भएर ‘भिजिबिलिटी’ कम भएपछि चाइना साउदर्नको जहाज काठमाडौं आउन नसकी उतै डाइभर्ट भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थलका अुनसार चीनको ग्वान्झाओबाट उडेको चाइना साउदर्नको जहाज बीचबाटोमा आएपछि अविरल वर्षाका कारण भिजिबिलिटी न्यून भएपछि काठमाडौं आउनुभन्दा ग्वान्झाओ डाइभर्ट गर्न चालकदलले अनुमति मागेपछि विमान उतै डाईभर्ट गरिएको हो । चाइना साउदर्नको जहाज डाइभर्ट भए पनि अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज भने नियमित उडान तालिकाअनुसार नै उडान-अवतरण भइरहेको विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ पनि खासै समस्या नरहेको तर सामान्य ‘डिले’ भने भएको विमानस्थलको भनाइ छ । तर, काठमाडौंबाट पोखरा र भरतपुरका लागि बिहान हुनुपर्ने बुद्ध एयरका सबै उडान अहिलेसम्म हुन नसकेको कम्पनीले जनाएको छ

तपाईको प्रतिक्रिया