मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत गरेको छ । काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत भएको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए । साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने महासचिव पौडेलको जानकारी दिए ।

तपाईको प्रतिक्रिया