बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा जापान नेपाली एकता समाजले भोलि अगष्ट २८ तारिख बुधबारका दिन टोकियोमा एक तीज विशेष साँगीतिक कार्यक्रम गर्ने भएको छ ।

टोकियोको गिञ्जास्थित एभरेष्ट डाइनिङ हलमा हुने सो कार्यक्रम साँझ ५ बजेदेखि राति ११ बजे सम्म हुने भएको छ । कार्यक्रमलाई साँगीतिक माहौलमा मनोरञ्जनपूर्ण बनाउनका लागि लोकगायक दिपक खत्री र रक्तिम परिवारका पूर्व कलाकार सचित्र केसीको महत्वपूर्ण भूमिका रहने बताईएको छ । वर्ष दिनमा एकपटक आउने नेपाली नारीहरुको दुख विसाउने र दुख पोख्ने यस तीज कार्यक्रममा सबै नारीहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको छ ।
नेपालीहरु गास, बास र कपासको खोजीमा संसारभरि भौतारिनु परेको तितो यथाथर्तालाई बुलन्द गर्दै प्रवासमा नेपालीहरुका समस्या समाधानमा एकता समाजले खेल्दै आएको भूमिका सम्बन्धमा कार्यक्रममा विशेष मन्तब्य रहने छ । अन्तमा, नारीहरुलाई दर खुवाउने कार्यक्रम रहेको सो समाजका अध्यक्ष देवेन्द्र बस्यालले समुद्रपारिलाई जानकारी दिए । ***

तपाईको प्रतिक्रिया