बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौँ – सामन्यतया हामी जाने रेष्टुरेन्टमा पहिले नै मेनु हुन्छ र हामी त्यही अनुसार खाना अर्डर गर्छौँ । ती खानाको रेसिपी पनि होटल वा रेस्टुरेन्टले पहिले नै निर्धारण गरेका हुन्छन् ।

तर, अब जापानमा एउटा यस्तो रेष्टुरेन्टको परिकल्पना गरिएको छ जहाँ ग्राहकको शारीरिक आवश्यकता अनुसार खाना दिइनेछ । जापानी कम्पनी ओपन मिल्सले यस्तो तयारी सुरु गरेको हो । कम्पनीले आफ्नो रेस्टुरेन्टमा ग्राहकसँग पहिले दिसा, पिसाब र थुकको स्याम्पल माग्नेछ, त्यसको जाँच गर्नेछ र ग्राहकको शरीरलाई आवश्यक भएअनुसारको पोषण तत्व भएको खाना सर्भ गर्नेछ । यसका लागि थ्रिडी प्रिन्टेड फुडको तयारी गरिरहेको ओपन मिल्सले जनाएको छ । यसको सुरुवात चाहिँ सन् २०२० देखि गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीका अनुसार जाँचमा जुन पोषण तत्व शरीरमा कम छ, त्यही अनुसार खाना तयार गरिनेछ । अनि ग्राहकलाई आवश्यक पोषक तत्व खानामा सामेल गराइनेछ । र, यसलाई सुसीको रुपमा ग्राहकलाई दिइनेछ । कम्पनीले यो सुविधा लिन ग्राहकले पहिले नै रेस्टुरेन्टमा बुक गर्नुपर्ने बताएको छ ।

 

तपाईको प्रतिक्रिया