काठमाडौं – ब्रह्माण्डबारे वैज्ञानिकहरु अनेक खोज गरिरहेका छन् । सयौं प्रकाशवर्ष परका पिण्डहरुबारे समेत यथेष्ट जानकारी मिलिसकेका छन् । तर, यही धर्तीमा जीवनको सुरुआत कसरी भयो भन्नेमा भने वैज्ञानिक जगत् अझै स्पष्ट हुन सकेको छैन ।
पृथ्वीमा जीवनको सुरुआत पानीबाट भएको हो । र, अनुमान गरिन्छ कि सबैभन्दा पहिले महासागरमा जीवनको सुरुआत भयो होला । तर, हालैको एक अध्ययनले भने यसअघिको अनुमानभन्दा भिन्नै निष्कर्ष दिएको छ ।
अध्ययनले देखाएको छ कि पृथ्वीमा जीवनको सुरुआतका लागि स-साना तलाउ ज्यादा अनुकूल थिए । पानीमा १० सेन्टिमिटरको गहिराइमा नाइट्रोजन अक्साइडको पर्याप्त मात्रा हुन्छ, जसले जीवनको सुरुआतका लागि सही वातावरण निर्माण गर्छ । तर यी अणु टुक्रिनका लागि धर्तीको वातावरण आवश्यक पर्छ । वायुमण्डलमा हुने नाइट्रोजन तीनवटा बोन्डले बाँधिएको हुन्छ । त्यसैले, यो टुट्नका लागि ज्यादा ऊर्जा आवश्यक पर्छ । ’
तलाउमा अल्ट्राभायलेट किरण र आइरनको प्रभाव पनि कम हुन्छ, जसका कारण नाइट्रोजन आरएनएसंग मिलेर जीवनको सुरुआत गर्न ज्यादा सक्षम हुन्छ । एजेन्सी ***