काठमाडौँ – यदि तपाईं कसैसँग सम्बन्धमा हुनुहुन्छ भने आफ्नी प्रेमिकाका लागि यी कुराहरु भने अवश्य गर्नुहोला ।
१. आफ्नो बारेमा राम्रो कुराहरु सुन्न राम्रो लाग्ने कुराहरु हामी सबैले मानौँ र यदि तपाईंलाई आफ्नी प्रेमिकालाई कसरी खुसी राख्ने भन्ने कुरा थाहा छ भने कुनै पनि कुराले यसलाई नछेक्नुहोस् । यसका लागि तपाईं निकै माथि उठेर उनले गरेको सबै कुराहरुको तारिफ गर्नुपर्छ भन्ने छैन । सानो सानो कुराहरुले पनि उनलाई निकै प्रभाव पारिरहेको हुन्छ ।
२. धेरै महिलाहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ त्यसकारण उनले हतारमा कुनै पनि कुराहरु बिर्सिने छैनन् ।
३. तपाईंले आफ्नी महिलाको लागि कति पटक सहयोगको लागि सोध्नु भएको छ ? उनलाई घरको काममा, उनको कलेज अथवा अफिसको प्रेजेन्टेशनमा कति पटक सहयोगका लागि सोध्नु भएको छ ? आफ्नी महिलालाई सहयोग गर्नका लागि सोध्नाले उनको तपाईंप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक हुने गर्दछ ।
४. आफ्नी प्रेमिकालाई पछिल्लो पटक कहिले अचम्मित पार्नुभएको थियो ? यसका लागि तपाईंले निकै महँगो डिनर, आकर्षित सपिङ र डेटमा नै लानुपर्छ भन्ने छैन । तपाईंले देखाउनु भएको साना साना हर्कतले पनि महिलाहरु अचम्मित र खुसी हुन्छन् ।
५. तपाईंका लागि उनी कति महत्वपूर्ण छिन् भन्ने कुराहरु भन्नुहोस् । यसो गर्नाले उनको मुटु पग्लनेछ । सम्बन्धमा भएको केहि समय पछि नै पुरुषहरुले महिलालाई त्यति वास्ता गर्दैनन् । यस्तो कुराहरु तपाईंको सम्बन्धमा हुन नदिनुहोस् ।
६. आफ्नी प्रेमिकालाई कहिले पनि तपाईंको पूर्व प्रमिकासँग तुलना नगर्नुहोस् । महिलाहरु आफूलाई अरु कोहि महिलासँग तुलना गरिएमा उनीहरु निकै दुःखी हुन्छन् ।