सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्तो क्षेत्रको पूर्वनिर्धारित निर्वाचन तालिकामा हेरफेर गरिएको छ । यसअघि गत शनिबारबाट निर्वाचन प्रक्रिया सुरु गर्ने भनिए पनि कारणवस केहि ढिला हुन गएकाले निर्वाचन तालिकामा हेरफेर गरिएको हो ।

एनआरएन कान्तो क्षेत्र निर्वाचन समितिको सोमबार बसेको बैठकको निर्णय अनुसार आजबाट निर्वाचन प्रक्रिया सुरु गरिएको छ । समितिका संयोजक शालिकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन निर्वाचन मिति, शुल्क, तालिका तथा निर्वाचन आचारसंहिता पारित गरेसँगै निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

समितिले पद संख्या भन्दा बढी उम्मेदवारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन गर्ने समेत निर्णय गरेको छ ।  समितिमा विजय थकाली, विकास श्रेष्ठ, टिकाराम खरेल र बिश्वेश्वर रेग्मी सदस्य छन् ।

निर्वाचन समितिले जारी गरेको तालिका र आचारसंहिता यसप्रकार छ :-

१. निर्वाचन तालिका :-
(क) निर्वाचन हुने पदहरु, संख्या र शुल्क
  पद                     संख्या              शुल्क
१. संयोजक               १            ५०,००० येन
२. उप संयोजक        ३      ४०,००० येन (१ महिला अनिवार्य )
३. सचिव                 १            ३०,००० येन
४. कोषाध्यक्ष            १            ३०,००० येन
५. सह-सचिब            २         २५,००० येन
६. सह- कोषाध्यक्ष       १         २५,००० येन
७. सदस्य                    ६         २०,००० येन

(ख) उम्मेदवारी दर्ता :- २०१९-७-१६ तारिख मंगलबार (दिउसो १२:३० देखि साँझ ७ बजेसम्म)
(ग) २०१९-७-१७  – उम्मेदवार, प्रस्तावक़ तथा समर्थक छानबिन प्रक्रिया
घ))२०१९-७-१७  – राती १० बजे उम्मेदवारको नामावली प्रकाशन
(ङ)२०१९-७-१८ – दाबी बिरोध तथा उम्मेदवारी फिर्ता बिहान ११:०० साँझ ५  :०० बजेसम्म
(च)२०१९-७-१८ – राती ११ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन
(छ)२०१९-७-१९ – निर्वाचन समितिको आन्तरिक तयारी
(ज )२०१९-७-२० – एनआरएन कान्तो अधिवेशन घोषणा सभा
२. आचारसंहिता
१. निर्वाचन गर्नुपरेको अवस्थामा निर्वाचन समितिले अनुकुल परिस्थिति हेरी निर्वाचन मिति तय गर्ने छ ।
२. तोकिएको पद संख्या भन्दा बढि उम्मेदबारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन हुने छ ।
३. उम्मेदवारी परेका सम्पूर्ण पदहरुको टुङ्गो नलागेसम्म निर्विरोध अथवा सहमति भएका विजयी उम्मेदवारहरुको नामावली पनि घोषणा गरिने छैन ।
४. उम्मेदवार एनआरएन जापानको पंजीकृत सदस्य हुनुपर्ने छ ।
५. उम्मेदबारी दर्ताको समयमा उम्मेदवार स्वयं उपस्थित भै उम्मेदवारी दर्ता गर्नुपर्ने छ ।
६. उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने समयमा एनआरए जापानको सदस्यता लिएको १ जना प्रस्तावक र २ जना समर्थकसहित निजहरुको सम्पर्क नम्बर र ठेगाना पनि पेश गर्नुपर्ने छ ।
७. तोकिएको दर्ता शुल्क बुझाए पछि मात्र उम्मेदवारी दर्ता गर्न सकिने छ ।
८. उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवारको साथमा प्रस्ताबक र समर्थक बाहेक अन्य जो कोहि उपस्थित हुन पाउने छैन ।
९. उम्मेदवारी दर्ताको समयमा उम्मेदवार, प्रस्तावक र समर्थक जो कोहिले अवाञ्छिनिय गतिविधि प्रस्ततु गरेमा अथवा देखाएमा उम्मेदवारी लिइने छैन । तोकिएको समय भन्दा बाहेक उम्मेदवारी दर्ता लगायतका कुनै पनि प्रक्रिया सञ्चालन गरिने छैन ।
१०.उम्मेदवारी दर्ताको समयमा उम्मेदवारले आवेदन फारम सहित परिचय खुल्ने काग़ज़ातको साथमा २ प्रति पासपोर्ट साइजको फ़ोटो पेश गर्नुपर्ने छ ।
११. उल्लेखित समय अवधिमा उम्मेदवारी फिर्ता गरेको खण्डमा दर्ता रकम शतप्रतिशत फिर्ता गरिने छ । अन्यथा यो नियम लागु हुने छैन ।
१२. निर्वाचन सम्बन्धमा कुनै जानकारी चाहिएको खण्डमा निर्वाचन समितिका सदस्यहरुसंग सम्पर्क राख्न सकिने छ ।
१३. निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गर्ने छ । साथै सोही अवसरमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराई पदभार सुम्पने छ ।
१५. निर्वाचन भएको अवस्थामा मतदान गर्न मतदाता स्वयं उपस्थित भै मतदान गर्नुपर्ने छ । सट्टा मतदान वैध हुने छैन ।

३. उम्मेदवारी दर्ता गर्ने स्थान :-
新宿区百人町1-15-19 3F (सिन्ज्युकु कु,ह्याकुनिन च्यो)

४. अधिबेशन हुने स्थान :-
杉並区立産業商工会館
杉並区阿佐谷南3-2-19
सुगिनामी कुरीचु, सान्ग्यो स्योउकोउ खाइगान
सुगीनामी कु, आशागाया, मिनामी ३-२-१९

५. निर्वाचन प्रक्रियाको अवधिमा कुनै पनि जटिलता सिर्जना भएको खण्डमा निर्वाचन समितिले केन्द्रसंग परामर्श गरी लिएको निर्णय नै अन्तिम निर्णय हुने छ ।

निर्वाचनलाई शान्त, निष्पक्ष र उत्साहपूर्वक सम्पादन गर्न सहयोग गर्न सम्बन्धित सबैमा निर्वाचन समितले अनुरोध गरेको छ । ***

तपाईको प्रतिक्रिया