सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – नेपाल लगायत संसारका विभिन्न मुलुकमा रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको कम्पनी जापान मनी एक्सप्रेस (जेएमइ) ले टोकियोमा नेपालीहरुको हब मानिने शिनओकुबोमा दोस्रो शाखा कार्यालय खोलेको छ ।

उक्त शाखा कार्यालयको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
एनआरएन अभियान्ता, ब्यवसायी, संघसंस्थाका प्रतिनिधिहरुले संयुक्तरुपमा रिबन काटेर कार्यालयको उदघाटन गरेका थिए ।

नयाँ शाखा कार्यालयबाट ग्राहकहरुका लागि विशेष सहुलियत स्वरुप आगामी एक महिनासम्म निःशुल्क पैसा पठाउन सकिने सुविधा दिईने जेएमइले जनाएको छ ।
सन् २०१० मा जापानको सम्बन्धित निकायमा विधिवत दर्ता भई नेपालीहरुको मात्र लगानी रहेको पहिलो रेमिट कम्पनी बन्न आफुहरु सफल भएको जेएमइका कार्यकारी प्रमुख ओम गुरुङले सो अवसरमा बताउनुभयो ।

’हामीबाटै पठाऔं, हामीबाटै पाऔं’ भन्ने नाराका साथ जेएमइले हाल जापानका मुख्य सहरमा रहेका शाखा काउन्टरहरुबाट नेपाल लगायत एसियाको प्राय:जसो मुलुकहरुमा आफ्नो कारोबार सञ्चालन गर्दै आएको र निकट भबिष्यमा अन्य मुलुकहरुमा पनि सेवा बिस्तार गर्दै जाने योजना रहेको बताईएको छ ।***

तपाईको प्रतिक्रिया