सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – फुकुओका प्रान्तमा प्रहरीले ४५ वर्षिय पुरुषलाई आफ्नो ६९ वर्षिय आमाको हत्याको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कुनै निश्चित पेसामा नरहेका नोरिताका कुरोइले मंगलबार दिउसो ३ बजे अगाडि नै आफ्नी आमा फुसाइको हत्या गरेका थिए र छिमेकीले आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा फुसाई गहिरो चोट लागेर मृत अवस्था भुंइमा लडिरहेकी थिइन् ।

कुरोइले आफ्नी आमासंग त्यस राति भोजनमा के पकाउने भन्ने कुरामा झगडा हुँदा आफुले होस् गुमाएको र आफ्नी आमालाई रिसमा चक्कु प्रहार गरी मारेको स्वीकार गरेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया