बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – जापानमा कार्यरत तथा अध्ययनरत नेपाली इञ्जिनियरहरुको संगठन ’नेपाली इञ्जिनियर संगठन, जापान’ को प्रत्येक वर्ष आयोजना गर्दै आएको NEAJ Symposium on Current and Future Technologies को एघारौ संस्करण भोलि जुलाई १३ तारिख शनिवारका दिन टोकियोमा आयोजना हुने भएको छ ।

नेपाली इञ्जिनियर संगठन जापानले आफुमा भएको ज्ञान, शीप, अनुभव र प्राविधिक क्षमतालाई देशको हितमा कसरी उपयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ समय समयमा वौद्धिक बहसका रुपमा विचार गोष्ठीको आयोजना गर्दै आईरहेको छ । जसअनुसार यस पटक आयोजित ’प्रविधिमा वर्तमान तथा भविष्य’ विषयक उक्त विचार गोष्ठीमा नेपालको प्राविधिक बिकासका सम्बन्धमा सम्बन्धित विषयका विषेशज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने भएको छ । प्राविधिक क्षेत्रका फरक फरक विषेशज्ञहरुसंग हुने बृहत अन्तरक्रियात्मक उक्त गोष्ठीमा सहभागी भईदिनुहुन नेपाली इञ्जिनियर संगठन, जापानका तर्फबाट अध्यक्ष डा. इञ्जिनियर अच्युत सापकोटाले एक विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

कार्यक्रम टोकियो इन्ष्टिच्युट अफ टेक्नोलोजी क्याम्पस इन्नोभेशन सेन्टर  (3-3-6 Shibaura, Minato-Ku Tokyo 108-0023 ) मा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने बताइएको छ ।***
कार्यक्रम सम्बधि विस्तृत विवरण संगठनको होमपेज (http://www.neajc.org) मा हेर्न सकिने बताईएको छ । ***

तपाईको प्रतिक्रिया