बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका क्रममा विभिन्न समस्या सिर्जना हुने गरेको पाइएको छ ।

जापानको श्रम तथा समाजकल्याण कार्यालयले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल अपाङ्तामैत्री नहुनु अत्यधिक श्रम गर्ने जापानीहरूको व्यवहारका कारण उनीहरू प्रभावित हुने गरेका हुन् ।

सन् २०१८ मा कार्यरत अपाङ्गता तथा विभिन्न रोगले ग्रस्त व्यक्तिमध्ये ६६ दशमलव ३ प्रतिशतले कामका सिलसिलामा आफूहरूलाई समस्या पर्ने गरेको बताएका प्रतिवेदनमा उल्लेख छ । उनीहरूले काम र उपचारको सञ्तुलन मिलाउन निकै कठिन पर्ने गरेको सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

तर सर्वेक्षणमा सहभागी मध्ये ८४ दशमलव ५ प्रतिशतले कामलाई निरन्तरता दिने वा अझै पनि काम गरिरहन चाहेको जवाफ दिएका थिए ।

अहिले काम नगरिरहेकाहरु मध्ये ६४ दशमलव २ प्रतिशतले पनि आफुहरु काम गर्न चाहिरहेको बताएका थिए ।

श्रम मन्त्रालयले गत फेब्रुअरीमा गरेको सर्वेक्षणमा एक हजार जना सहभागी भएका थिए । ती मध्ये ६ सय ६४ जना काम गरिरहेका थिए, २ सय ६८ जनाले काम छाडिसकेका थिए भने ६८ जना काम छाड्ने तयारीमा थिए । सर्वेक्षणमा सहभागीहरु २० देखि ६४ बर्ष उमेर समूहका नागरिक थिए । (सिन्ह्वा)

तपाईको प्रतिक्रिया