बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी सेक्टेम्बर १९ तारिकका दिन साईतानाकेनस्थित टोडा स्पोर्ट सेन्टरमा हुने भएको हो । जापान शाखाले दोस्रो पटक आयोजना गर्न लागेको प्रतियोगिता सञ्चालनका लागि अध्यक्ष नविन गुरुङको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उप-समिति गठन गरिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिले ३ लाख १० हजार येनसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले २ लाख १० हजार प्राप्त गर्ने छ भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विद्यामा पुरस्कृत गरिने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको माध्यमबाट जापानमा रहेका खेलाडीको प्रतिभा प्रस्फुटन गराउँदै सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सफल बनाउन खेलाडी, खेलप्रेमी, जापानमा रहेका विभिन्न संघ-संस्था र आर्थिक-भौथिक सहयोग गर्ने सम्पूर्णलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया