बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्तो क्षेत्रको निर्वाचन तालिका र आचारसंहित सार्वजनिक गरिएको छ । एनआरएन कान्तो क्षेत्र निर्वाचन समितिको गत बुधबार बसेको बैठकले निर्वाचन तालिका र आचारसंहित सार्वजनिक गरेको हो ।

समितिका संयोजक शालिकराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन गर्नु परेको अवस्थामा मात्र निर्वाचनको मिति तय गर्ने गरी तालिका र आचारसंहिता सार्वजनिक गरेको छ । समितिले पद संख्या भन्दा बढी उम्मेदवारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन गर्ने समेत निर्णय गरेको छ ।

शालिकराम भण्डारी संयोजक रहेको निर्वाचन समितिमा विजय थकाली, विकास श्रेष्ठ, टिकाराम खरेल र बिश्वेश्वर रेग्मी सदस्य छन् ।

निर्वाचन समितिले जारी गरेको तालिका र आचारसंहिता यसप्रकार छ :-

१. निर्वाचन तालिका :-
(क) निर्वाचन हुने पदहरु, संख्या र शुल्क
  पद                     संख्या              शुल्क
१. संयोजक               १            ५०००० एन
२. उप संयोजक        ३      ४०००० एन(१ महिला अनिवार्य )
३. सचिव                 १            ३०००० एन
४. कोषाध्यक्ष            १            ३०००० एन
५. सह-सचिब             २         २५००० एन
६. सह- कोषाध्यक्ष       १         २५००० एन
७. सदस्य                    ६         २०००० एन

(ख) उम्मेदवारी दर्ता :- २०१९-७-१३ तारीक शनिवार (बिहान ११:००- साँझ ५:००सम्म)
(ग) २०१९-७-१४ उम्मेदवारी छानविन तथा सोधखोज 
(घ) २०१९-७-१५ मा नामावली प्रकाशन
(ङ) २०१९-७-१६ दाबी बिरोध (बिहान ११:००-दिउसो २:०० सम्म)
(च) २०१९-७-१७ उम्मेदवारी फिर्ता (बिहान ११:००- दिउसो २:०० सम्म)
(छ) २०१९-७-१७ अन्तिम नामावली प्रकाशन 

२. आचारसंहिता
१.निर्वाचन गर्नु परेको अवस्थामा निर्वाचन समितीले अनुकुल परिस्थिति हेरी निर्वाचन मिती तय गर्ने छ ।
२. तोकिएको पद संख्या भन्दा बढि उम्मेदबारी परेमा अथवा सहमति हुन नसकेको पदमा मात्र निर्वाचन हुने छ ।
३. उम्मेदवारी परेका सम्पूर्ण पदहरुको टुङ्गो नलागेसम्म निर्विरोध अथवा सहमति भएका विजयी उम्मेदवारहरुको नामावली पनि घोषणा गरिने छैन ।
४. उम्मेदवार एन आर एन जापानको पंजीकृत सदस्य हुनुपर्ने छ ।
५. उम्मेदबारी दर्ताको समयमा उम्मेदवार स्वयं उपस्थित भै उम्मीदवारी दर्ता गर्नुपर्ने छ ।
६. उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने समयमा एनआरए जापानको सदस्यता लिएको १ जना प्रस्तावक र २ जना समर्थकसहित निजहरुको सम्पर्क नम्बर र ठेगाना पनि पेश गर्नुपर्ने छ ।
७. तोकिएको दर्ता शुल्क बुझाए पछि मात्र उम्मेदवारी दर्ता गर्न सकिने छ ।
८. उम्मेदवारी दर्ता गर्ने समयमा उम्मेदवारको साथमा प्रस्ताबक र समर्थक बाहेक अन्य जो कोहि उपस्थित हुन पाउने छैन ।
९. उम्मेदवारी दर्ताको समयमा उम्मेदवार, प्रस्तावक र समर्थक जो कोहिले अवाञ्छिनिय गतिविधि प्रस्तृत गरेमा अथवा देखाएमा उम्मेदवारी दिइने छैन ।
१०. तोकिएको समय भन्दा बाहेक उम्मेदवारी दर्ता लगायतका कुनै पनि प्रकृया सञ्चालन गरिने छैन ।
११.उम्मेदवारी दर्ताको समयमा उम्मेदवारले आवेदन फारम सहित परिचय खुल्ने काग़ज़ातको साथमा २ प्रति पासपोर्ट साइजको फ़ोटो पेश गर्नुपर्ने छ ।
१२. उल्लेखित समय अवधिमा उम्मेदवारी फिर्ता गरेको खण्डमा दर्ता रकम सतप्रतिशत फिर्ता गरिने छ ।अन्यथा यो नियम लागु हुने छैन ।
१३. निर्वाचन सम्बन्धमा कुनै जानकारी चाहिएको खण्डमा निर्वाचन समितीका सदस्यहरु सँग सम्पर्क राख्न सकिने छ ।
१४. निर्वाचन समिततीले निर्वाचन परिणाम घोषणा गर्ने छ । साथै सोहि अवसरमा निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइ पदभार सुम्पने छ ।
१५. पंञ्जीकृत सदस्य स्वयंमले मतदानमा भाग लिनु पर्ने छ । सट्टा मतदानको ब्यबस्था गरिएको छैन ।

३. उम्मेदवारी दर्ता गर्ने स्थान :-
新宿区百人町1-15-19 3F(सिन्ज्युकु कु,ह्याकुनिन च्यो)

४. अधिबेशन हुने स्थान :-
杉並区立産業商工会館
杉並区阿佐谷南3-2-19
सुगिनामी कुरीचु, सान्ग्यो स्योउकोउ खाइगान
सुगीनामी कु,आसागाया,मिनामी ३-२-१९

५. अनुगमनको लागि एन आर एन समन्वय समितीले बढिमा ३ जना प्रतिनिधि पठाउन सक्ने छ ।
६.निर्वाचन प्रकृयाको समयमा कुनै पनि जटिलता सृर्जना भएको खण्डमा निर्वाचन समितीले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ ।

निर्वाचनलाई शान्त, निष्पक्ष र उत्साहपूर्वक सम्पाँ गर्न सहयोग गर्नुहुनको लागि सम्बन्धित सबैमा निर्वाचन समित हार्दिक अनुरोध गर्दछ ।
निर्वाचन संयोजक
एनआरएन जापान, कान्तो क्षेत्र

तपाईको प्रतिक्रिया