सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

नागोया – नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको अर्को ठूलो सहर नागोयामा पहिलो पटक आयोजना हुन लागेको दुई दिवसीय नेपाल फेष्टिवल भोलि शनिवार र पर्सी आईतवार हुन गईरहेको छ ।
आयोजकले फेष्टिवलको सबै तयारी पुरा भएको बताएका छन् । फेष्टिवलका लागि स्टल व्यवस्थापन, प्रचार-प्रसार लगायतका सम्पूर्ण काम पुरा भएको फेष्टिवल मूल आयोजक समितिका संयोजक पारसमणि पोखरेलले बताए ।
नागोयाको साकायामा हुने फेष्टिवलमा नेपाली गाउँघर परिवेशको विम्वकारुपमा बाटुले घर निर्माण गरिएको पोखरेल बताउँछन् । फेष्टिवलमा नेपाली समुदायको बहुसाँस्कृतिक विशेषता झल्काउने विभिन्न खालका झाँकीहरु प्रस्तुत गरिनुका साथै कलाकारहरुको साँगीतिक कार्यक्रमको प्रस्तुती रहने भएको छ । यसैगरी नेपाली परम्परा अनुसारको वैवाहिक सँस्कार, व्रतबन्ध, नेपाली भेषभूषाको प्रदशर्नी, पञ्चेवाजा लगायतका विशेष प्रस्तुतीहरु पनि फेष्टिवलमा रहने फेसिष्टवल आयोजक समितिका उपसंयोजक दिपक कार्कीले बताए ।

नेपालको चिनारी प्रवर्द्धनका लागि जतिसक्दो जापानी समुदायको सहभागिता होस् भन्ने हेतुले जापानी मिडियाहरुमा पनि फेष्टिवलको ब्यापक प्रचारप्रसार गरिएको र यसबाट नेपाल भ्रमण वर्ष२०२० का लागि सहयोग पुग्ने फेष्टिवल प्रसार समितिका संयोजक एवं पत्रकार भवानी पन्तले बताए ।
फेष्टिवल जापानी लक्षित हुनुपर्ने धेरै पहिलेदेखि आवाज उठ्दै आईरहेको सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्धामा आयोजित उक्त कार्यक्रम यसपटक अरु फलदायी हुने अपेक्षा गरिएको छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले उदघाटन गर्ने कार्यक्रम रहेको सो फेष्टिवलमा एनआरएनका केन्द्रिय नेताहरुको पनि सहभागिता रहने बताईएको छ । आसन्न एनआरएन अधिवेशन र यसको नेतृत्वको चर्चा सुरु भईसकेको अवस्थामा एनआरएन अध्यक्ष भवन भट्ट, आगामी नेतृत्वका आकाँक्षी देखिएका उपाध्यक्ष कुमार पन्त, अर्का उपाध्यक्ष कुल आचार्य र अमेरिकाबाट गौरी जोशी लगायतका नेताहरुको सहभागिता रहने भएको छ । फेष्टिवलको अवसरमा एनआरएन चुनावी बिषयले पनि नागोयामा चर्चा पाउने सर्बत्र आंकलन गरिएको छ ।***

तपाईको प्रतिक्रिया