सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापानको क्याबिनेटले उड्डयन प्राधिकरण सम्बन्धि कानुनमा संशोधन गर्दै अल्कोहल तथा लागूऔषध सेवन गरी उडान भरेको पाईएमा त्यस्ता पाइलटलाई कडाई गर्न जरिवाना तथा सजायँ बढाउने भएको छ ।

पछिल्ला समयमा जापानी हवाई सेवामा कार्यरत पाइलटहरुद्वारा यस्तो घटना पाईएको भन्दै कडाई गरिन लागिएको जनाईएको छ ।

संशोधित कानुन अनुसार त्यस्तो पाईएमा १ वर्षदेखि ३ वर्षसम्म कैद र ३ लाखदेखि ५ लाख येनसम्म जरिवाना हुने व्यवस्था आगामी १ वर्षभित्र लागू हुने गरी संशोधन गरिन लागेको हो ।

यसैबीच कमर्सियल प्रयोजनका लागि प्रयोग हुँदै आएका ड्रोन उडानका हकमा पनि अल्कोहल तथा लागूऔधष सेवन गरी अपरेशन गरिएको पाईएमा कडा कार्वाही हुने नियम यस अघि नै यातायात मन्त्रालयले कार्यान्वयमा ल्याईसकेको छ । जसअनुसार अल्कोहल सेवन गरी अपरेशन गर्न नपाईने, जनसमुदायलाई असुविधा हुने, होहल्ला हुने गरी उडाउन नपाईने र मध्यरातभन्दा पछि सञ्चालन गर्न नपाईने जस्ता बिषयमा जोड दिईएको छ ।***

तपाईको प्रतिक्रिया