Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकाशमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ ।

सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंक आफैं निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकाश नीति हटाउन बाटो खुला भएको हो ।

राष्ट्र बैंकका सहायक निर्देशक ऋतुनाथ लम्सालद्वारा पेस भएको आवेदन (मुद्दा) को फैसला सुनाउँदै सर्वोच्चले यो विषयमा परमादेशको आदेश जारी गर्न नपर्ने भन्दै रिट खारेज गरेको हो । लम्सालले आफू राष्ट्र बैंक प्रवेश गर्दा अवकाश उमेर ६० वर्ष भएकाले सोहीबमोजिम व्यवस्था गर्न र हालको ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन माग गर्दै रिट हालेका थिए ।

तपाईको प्रतिक्रिया