Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – केबलकार कम्पनीले अब सरकारलाई तिर्नुपर्ने करको दायित्व बढ्ने भएको छ । केबलकार कम्पनीले आयकरमा पाउने छुटको सिमा घटेसँगै कर दायित्व बढ्न गएको हो ।

बजेटसँगै आएकोे आर्थिक विधेयकमा आयकरको छुट सिमालाई घटाउने व्यवस्था गरिएको छ । विधेयक कार्यन्यवनमा आएसँगै केवलकार कम्पनीले आयकरमा २० प्रतिशत मात्र कर छुट पाउने छन् । यसअघि केवलकार कम्पनीले ४० प्रतिशत छुट पाउदै आएका थिए ।  पर्यटन व्यवसायीहरुले भने उक्त विधेयकको निन्दा गरेका छन् ।

यस्तो व्यवस्थाले सन् २०२० लाई ‘पर्यटन वर्ष’ मनाउने सरकारको योजनालाई प्रत्यक्ष प्रभाव पर्ने उनीहरु बताउँछन् । करमा वृद्धि आए सँगै केबलकारको भाडा–दरमा पनि वृद्धि आउने सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।

तपाईको प्रतिक्रिया