Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – कञ्चनपुरको कृष्णपुरकी गीतादेवी बोगटीले आफ्नो क्यासर पीडित श्रीमानको उपचारका लागि आर्थिक सहयोगको याचना गर्नुभएको छ । ३९ वर्षीय श्रीमान निर्मल बोगटीलाई फोक्सोको क्यान्सर भएपछि गीतादेवीले सहयोगको याचना गर्नुभएको हो ।

निर्मललाई ९ महिना पहिले मुखको क्यान्सर भएपछि ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरी उपचार गरिएको थियो । मुखको क्यान्सरको उपचार चलिरहेका बेला फोक्सोमा पनि क्यान्सर देखिएको श्रीमती गीतादेवीले बताउनुभयो । फोनका कुरा गर्दै उहाँले भन्नुभयो, ‘श्रीमान बैदेशिक रोजगारीका लागि मलेसिया जानुभएको थियो त्यहाँ विसोन्चो भएपछि गत असोजमा घर फर्किनुभयो, पछि यहाँ डाक्टरलाई देखाउँदा क्यान्सर भएको पत्ता लाग्यो ।’

९ महिनादेखि उपचार गराइरहेको र अहिलेसम्म १६ लाख खर्च भइसकेको उहाँले बताउनुभयो । ‘अब फोक्सामा पनि क्यान्सर देखियो, आफुसँग भएको, जग्गा जमिन बेचेर र आफन्तहरुलाई सहयोग मागेर अहिलेसम्म उपचार गरियो’ उहाँले भन्नुभयो, ‘अब कसरी उपचार गराउने हो ?’ आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै उहाँले सहयोगका लागि सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।

श्रीमान-श्रीमती र ३ सन्तान गरी ५ जनाको परिवार छ उहाँको । स्थायी घर कञ्चपुरको गुलरिया भएपनि अत्तरियामा भाडामा बस्दै १३ वर्षीय २ छोरी र ६ वर्षीय छोरालाई अध्ययन गराइरहेका बोगटीको परिवारमा अहिले निकै समस्या परेको छ । एकातिर श्रीमानको उपचार र अर्कातिर छोरा-छोरीको अध्ययनका लागि समस्या भएको उहाँले दुखेसाे गर्नुभयाे । ‘अस्पतालका डाक्टरहरुले अझै १०-१२ लाख खर्च लाग्छ भने’, गीतादेवीले भन्नुभयो, ‘त्यत्रो रकम कसरी जम्मा गर्ने अलमलमा परियो । कसैले सहयोग गरिदिए श्रीमानको उपचार हुने थियो ।’

आर्थिक सहयोग गर्न इच्छुकले उपचारमा सहयोग पुर्‍याउन गीतादेवी बोगटीको मोबाईल नम्बर ९८६८४७०९९९ मा सम्पर्क गरी एभरेष्ट बैंक लिमिटेडको खाता नम्बर ०१११०५०१२०२३१७ मा रकम जम्मा गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया