Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – साताको पहिलो कारोवार दिन आईतबार नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से आज ११ दशमलव ९३ अंंकले घटेर १३ सय दुुई दशमलव ६१ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८२ अंकले घटेर दुुई सय ७७ दशमलव ५६ विन्दुुमा झरेको छ ।

एक सय ६५ कम्पनीहरुको नौ हजार दुुई सय ९४ वटा कारोवारमा २० लाख ५४ हजार दुुई सय ८६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोवार रकम ६२ करोड ६२ लाख एक हजार छ सय ६६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा सबै समूहको सूचक ओरालो लाग्दा बजार पूरै रातो भएको छ । सोअनुुरुप वाणिज्य बैंक समूहको सूचक नौ दशमलव छ अंकले घटेर ११ सय ५७ दशमलव ८१ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि १४ दशमलव ६५ अंकले घटेर १५ सय ८५ दशमलव तीन विन्दुुमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा, जीवन बीमा, होटल, जलविद्युुत, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूुहिक लगानी कोष समूहको सूचक पनि उच्च विन्दुुले घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९९ पैसाले बढेर १३ सय ७६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ७६ पैसाले घटेर एक सय ११ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मूल्यमा चार करोड ८५ लाख ६२ हजार पाँच सय ६८ रुपैैयाँको कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया