Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं-कोलकाता नियमित उडान भोलिदेखि गर्ने भएको छ । वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने शुरुवाती योजना बनाउको एयरलाइन्सले भारतमा चुनाव भएका कारण तालिका परवर्तन गरेको हो ।

काठमाडौंबाट आठ बजे छुट्ने भोलिको उडान भने परीक्षण(प्रुभिङ) हुने छ । एटिआर ७२-५०० जहाजले साताको नियमित ३ उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ । सोमबार, बुधबार र शुक्रबार हुने उडान त्रिभुवन विमानस्थलनको नोटम सकिएपछि विहान सात बजे उडान हुने छ ।

भारतीय यात्रुहरुको लागि बुद्ध एयरको भगीनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजका बारेमा भारतमा प्रबद्र्धन गरिरहेको छ । भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसले नेपाली यात्रुहरुका लागि पनि कोलकात्ता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

तपाईको प्रतिक्रिया