Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – सेयरबजारमा सुधार हुने क्रम यस साता पनि जारी रह्यो । साताको शुरुआतदेखि नै  उकालो लागेको बजार  अन्तिम दिन भने सामान्य अङ्कले ओरालो लाग्यो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस साता करीब रु पाँच अर्ब बराबरको सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचकसमेत २३.६८ विन्दुले बढेको छ । स्टकका अनुसार कूल एक करोड ५२ लाख ६३ हजार ७४९ किक्ता सेयर रु चार अर्ब ९४ करोड ९३ लाख ४१ हजार ९६१ मूल्यमा खरीद बित्री भएका छन् ।  कारोवार हुने साताको पाँच दिनमध्ये चार दिन बजारमा वृद्धि भएको थियो भने अन्तिम दिन भने सामान्य अङ्कले घटेको थियो ।

साताको पहिलो दिन नेप्सेमा आइतबार सामान्य सुधार आएको थियो । कारोवार मापक नेप्से परिसूचक ३.०७ विन्दुले बढेर एक हजार २९५.०३ विन्दुमा पुग्यो । आइतबार कूल १७१ कम्पनीको २६ लाख ६९ हजार ५९ किक्ता सेयर रु ८४ करोड ७६ लाख ९९ हजार ६६१ मूल्यमा खरीद बित्री भए ।

त्यस्तै सोमबार नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुग्यो ।  ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ उक्लियो । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ किक्ता सेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बित्री भए । त्यस्तै मङ्गलबार कारोवार सूचक १४.१२ विन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुग्यो ।  स्टकका अनुसार सो दिन कूल १७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर रु एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७२९ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको सेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । सो दिन कारोवार मापक नेप्से ५.५५ विन्दुले बढेर एक हजार ३२१ विन्दुमा पुग्यो । स्टकका अनुसार बुधबार  १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ किक्ता सेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरीद बित्री भए ।

बिहीबार भने सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घट्यो । उक्त दिन नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ विन्दुमा झर्‍यो । स्टकका अनुसार कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता सेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए ।

यस साता स्टकका विभिन्न छ कम्पनीका सेयर सूचीकृत भए । त्यसमा प्रोग्रेसिभ फाइनान्सको ५९ लाख एक हजार कित्ता हकप्रद सेयर सूचीकृत भयो । त्यस्तै प्रभु बैंकको ६५ लाख ८७ हजार १५८ कित्ता सेयर लाभांश, कृषि विकास बैंकको ५१ लाख तीन हजार १२९ कित्ता सेयर लाभांश सूचीकृत भयो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एक लाख ४४ हजार ७५ कित्ता सेयर लाभांश सूचीकृत हुँदा नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको चार लाख ९७ हजार ७७८ कित्ता साधारण सेयर र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको १० लाख ३५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको स्टकले जनाएको छ ।

तपाईको प्रतिक्रिया