Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – साताको चौथो कारोवार दिन आज बुधवार पनि नेप्से ओरालो लागेको छ । नेप्से तीन दसमालव ६८ अंकले घटेर १२ सय ९७ दसमलव ६० बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १७ अंकले घटेर दुई सय ७८ दसमलव सात बिन्दुमा झरेको छ ।

एक सय ७५ कम्पनीहरुको छ हजार सात सय ६५ वटा कारोवारमा १९ लाख सात हजार सात सय ८३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५० करोड ७९ लाख ३४ हजार नौ सय १९ रुपैयाँ पुगेको छ । नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक बढेपनि बाँकी आठ वटा समुहको सुचक घटेकाछन ।

ति मध्ये बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ८३ अंकले घटेर ११ सय ६९ दसमलव ४९ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक पनि सात दसमलव ४१ अंकले घटेर १५ सय ५६ दसमलव ६८ बिन्दुमा झरेको छ । यसैगरी जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा र फाईनान्स समुहको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर १८ सय ५१ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ५५ पैसाले घटेर एक सय ६१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सिभिल बैंकको प्रतिकित्ता एक सय ५२ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ५३ लाख २० हजार सात सय ९० रुपैयाँको कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया