Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – गर्मी बढेसँगै उपत्यकामा भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका बिरामी बढेका छन् । गर्मी बढेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक सातायता टाइफाइड, भाइरल ज्वरो र झाडापखालाको समस्या लिएर आउने बिरामीको संख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए ।

केही दिनअगाडि काभ्रेमा बर्डफ्लुका कारण एकजनाको मृत्यु भएको खबर बाहिरिएपछि अस्पतालमा बिरामीको संख्या झनै बढेको डा. पुनको भनाइ छ । उनले भने, ‘प्राय यो सिजनमा बिरामी धेरै हुन्छन् तर केही दिन अगाडि बर्डफ्लुको कारण मानिसको मृत्यु भएको घटना बाहिरिएर होला बिरामीको संख्या केही दिनयता अस्पतालमा बढेका छन् ।’ हाल अस्पतालमा टाइफाइड, झाडापखाला  र भाइरल ज्वरोका बिरामी धेरै बढेका समेत डा पुनले बताए । उनले भने, ‘गर्मी बढेर होला एक सातायता अस्पतालमा ज्वरो, टाइफाइड र झाडापखालाका बिरामी धेरै आउन थालेका छन् ।’

 हाल अस्पतालमा दैनिक ४० जना बढी ज्वरो, २० बढी झाडापखाला र टाइफाइडका बिरामी आउने गरेको डा पुनको भनाइ छ। यो मौसममा बाहिरी तापक्रम धेरै हुने भएकाले यो समयमा भाइरलजन्य संक्रमणका बिरामी बढ्दै गएको समेत उनको भनाइ छ । गर्मी बढेसँगै पानीजन्य संक्रमण बढ्ने हुँदा पानी उमालेर मात्र खाने, घरबाहिर निस्कँदा माक्सको प्योग गर्ने, बासी खानेकुरा नखाने गर्नुपर्नेसमेत डा पुनले बताए ।

यस्तै, भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जानु पर्ने डा पुनको सुझाब छ ।

तपाईको प्रतिक्रिया