Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय अचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु ।

दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद बिहानको समयमा केन्द्रीत हुने गरेको छ किनकी विहानीले पूरै दिनलाई नियमित गर्न महत्वपूर्ण भूमिका खेल्छ । आयुर्वेदका अनुसार दिनचर्या शरीर र मनको अनुशासन हो र यसले प्रतिरक्षा तन्त्र मजबुद हुन्छ ।

त्यस्तै मल(फोहर) पदार्थबाट शरीर शुद्ध हुन्छ । स्वस्थ दिनचर्याले शरीर र मन शुद्ध हुन जान्छ । दोष सन्तुलित हुन्छ, प्रतिरक्षा तन्त्र मजबूत हुन्छ र दिनको शुरुआत ताजगी हुन्छ । बिहानमा सरल दिनचर्याको पालन गर्दा तपाईको दिनको शुरुवात आनन्दमय हुन्छ । तपाईको बिहानीलाई ताजा बनाउनका लागि केही उपाय अपनाउन जरुरी हुन्छ ।

ब्रह्म मुहूर्त
सूर्योदय भन्दा डेढ घन्टा पहिला उठ्नाले तपाई सूर्यको लयका साथ अघि बढ्न सक्नुहुन्छ । आयुर्वेदमा ब्रह्म मुहूर्तको ठूलो महिमा उल्लेख गरिएको छ । ब्रह्म मुहूर्तको अर्थ हुन्छ ब्रह्मको समय या शुद्ध चेतनाको समय ।

बिहान सवेरै उठ्नेलाई आयुर्वेदमा सर्वश्रेष्ठ मानिएको छ । सूर्योदय भन्दा डेढ घन्टा पहिला वातावरणमा विशाल उर्जाको गति भरिन्छ । त्यस्तै सूयोदय भन्दा आधाघन्टा पहिला दोस्रो तहको उर्जा वतावरणमा प्रवाह भइरहेको हुन्छ । आशा, प्रेरणा तथा शान्तिका लागि यो उर्जा निकै महत्वपूर्ण हुन्छ ।

यो समय वातावरण शुद्ध, शान्त तथा सुखदायक हुन्छ । यो समय ध्यान गर्नाले मानसिक समस्यामा वा समस्यामा समेत सुधार हुन्छ । तनावको विसर्जन हुन्छ ।

योग, प्राणायाम
बिहान ब्रह्म मुहूर्तमा उठेपछि योग तथा प्राणायाम गर्न जरुरी छ । आजको व्यस्त जीवन शैलीमा शरीरलाई ठीक राख्न पनि योग र प्राणायामको विशेष महत्व रहेको छ । प्राणायाम श्वासप्रश्वासको एक विशेष विधि हो । योगले शरीरमा उर्जा उत्पन्न गराउँछ ।

सफाई
बिहान उठेपछि चिसो पानीले कुला गर्ने गर्नु स्वास्थ्यका हिसावमा राम्रो हुन्छ । त्यस्तै बिहान शरीरलाई सफा राख्न सकियो भने दिनभर नै त्यसले स्फूर्ती प्रदान गर्छ त्यसैले बिहान योग प्राणायम सकिएपछि नुहाएर शरीरलाई स्वस्थ र सफा बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया