Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । ज्वरो आउने छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि मृत्यु हुने गरेकाे गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए ।

एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएकाे हाे । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् । यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेकाे मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नभएपछि समयमै राेग नियन्त्रण गर्न नसकिएकाे जैशीले बताए । मृत्यु हुने सबैकाे श्वासप्रश्वास र दमसम्बन्धि समस्या रहेको उनको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के राेगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

औषधि र स्वास्थ्य कर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेकाे गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।

तपाईको प्रतिक्रिया