Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – नेपाल टेलिकमले एसईई दिएका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिइरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सिम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । ३० दिनको अवधिमा यो सुविधा उपभोग गरिसक्नुपर्ने व्यवस्था छ ।

विद्यार्थी अफरअन्तर्गत सीम लिएका ग्राहकलाई ६ महिनासम्म प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस गर्ने निःशुल्क सुविधा हुने टेलिकमले जनाएको छ । हरेक महिना दिइने यो सुविधा ७ दिनभित्र उपयोग गरिसक्नु पर्छ । यो अफर अन्तर्गतको सीममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म बोनस उपलब्ध हुनेछ ।

५० रुपैयाँ रिचार्ज गर्दा बोनसको रुपमा १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिन निःशुल्क गर्न सकिने छ । यो बोनस ३ दिनमा उपभोग गर्नु पर्ने हुन्छ । असार २६ सम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ ।

एसईई दिएका विद्यार्थीहरुले सो सिम लिन विद्यालयको परिचय पत्र वा परीक्षाको प्रवेश पत्र, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया