Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – सन् १९९१ मा एउटा दुर्घटनामा परेर कोमामा गएकी यूएईकी एक महिला जर्मनीको एउटा अस्पतालमा २७ वर्षपछि होसमा आएको सार्वजनिक भएको छ।

उनी चढेको कार एउटा बससँग जुध्दा मुनिरा अब्दुल्लाको मस्तिष्कमा गम्भीर चोट लागेको थियो।

त्यतिबेला उनको उमेर ३२ वर्षको थियो। उनी चार वर्षीय छोरालाई लिएर विद्यालयबाट घर फर्किँदा सो दुर्घटना भएको थियो।

मुनिराले दुर्घटना हुन लाग्दा छोरा ओमार वेबायरलाई काखमा लिएकाले उनलाई भने केही भएको थिएन।

मुनिराको होस गत वर्ष फर्किएको बताइएको छ।

ओमारले यूएईबाट प्रकाशित हुने द न्याश्नल समाचारपत्रिकालाई सो दुर्घटना र आफ्नी आमाको स्वास्थ्यस्थितिमा भएको अद्भुत सुधारबारे बताएका छन्।

धेरै वर्षपछि चेतनामा फर्किने घटना दुर्लभ हो। यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार अचेत स्थितिबाट सुधार हुने पूर्वानुमान गर्न असम्भव छ।

मस्तिष्कमा क्षति पुगेर पछि चेतना फर्किएका मानिसमा गम्भीर प्रकारको अपाङ्गता हुने गर्छ।

सन् २०१३ मा फर्मुला वन मोटरदौडका खेलाडी माइकल शुमाकरलाई फ्रान्समा स्कीइङ गर्दा दुर्घटनामा परेपछि टाउकोमा चोट लागेर्  ६ महिना कोमामा रहेपछि थप उपचारका लागि उनलाई उनको देश स्विट्जरल्यान्ड फर्काइयो।

तपाईको प्रतिक्रिया