Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – टाउको दुख्ने समस्या नेपालीको सामान्य समस्या बन्दै गएको छ । टाउको दुख्दा तपाई के गर्नुहुन्छ ? प्राय: नेपालीहरु टाउको दुख्दा रुमाल वा सलले टाउको बाँधेर बस्छन् ।

टाउको दुख्दा सकेसम्म सहने र सहनै नसक्ने गरी टाउको दुखेमा पेन किलर खाइदिने बानी धेरैको होला । टाउको दुख्दा सधैँ पेन किलर खाँदा तपाईको दुखाई एकपटक मात्रै निको हुन्छ । केही दिन, महिना पछि तपाईको टाउको फेरि दुख्न थाल्छ ।

टाउको दुखाइका कारणहरु धेरै हुन्छन् । तपाईमा स्नायु सम्बन्धी समस्या तथा अन्य रोगहरु छ भने पनि टाउको दुख्न सक्छ । टाउँको दुख्ने कारणहरुमा माइग्रेन पनि एउटा प्रमुख कारण हो ।  त्यसैले टाउनको दुख्दा पेन किलर खानुभन्दा राम्रोसँग विशेष चिकित्सकको परामर्शमा स्वास्थ्य परीक्षण गरी दुखाइको कारण पत्ता लगाउनु दीर्घकालीन उपचार हो ।

चिकित्सकहरुका अनुसार टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने मध्ये ३० प्रतिशतमा माइग्रेनको समस्या हुने गर्छ ।  माइग्रेन भनेको न्यूरो भाष्कुरल कन्डिसन हो । मस्तिस्कमा हुने रक्तनली सुन्निएर वा फुलेर नसाहरु तन्किन्छ । जसका कारण टाउको दुख्ने समस्या हुन्छ ।

माइग्रेनका लक्षणहरु यस्ता हुन्छन्

तपाईको प्रतिक्रिया