Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडाैं – सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेको शाखाको औपचारिक उद्घाटन गरिएकाे छ  । यूकेको रेडीङस्थित कार्यालयमा भएको कार्यक्रममा यूकेका लागी नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी उपस्थित थिए ।

साथै एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यूके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर यूकेले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यूके भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ । साथै छिट्टै नै यूकेबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउँदै नेपालको सात हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया