Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने  घोषणा गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोयोटाले यसअघि नै उबरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहिन कार निर्माणलाई तिब्रता दिएका छन् । पछिल्लो लगानी उबरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ । यस समूहले स्वचालित र चालकबिहिन कार निर्माणको आधार तयार गर्नेछ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ । उबरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकबिहिन कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरु बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने दाबी गरे।

गत साता उबरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ । उबरले आयोग समक्ष बुझाएको कागजातमा छ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबरका सबारी साधन प्रयोग हुने र सन् २०१० यतामात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ । –एएफपी

तपाईको प्रतिक्रिया