आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ   हिन्दी फिल्म ‘किक २’ बन्ने खबर आएको त धेरै भइसकेको छ । यता सलमान खान भने फिल्म ‘भारत’ र ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । उनी व्यस्त हुँदा ‘किक २’ को छायांकन समयमा हुन सकेको छैन ।

यतिबेला भने फिल्मसँग जोडिएका केही खबर बाहिरिएका छन् । सम्भवतः यस वर्ष नै सलमानले ‘किक २’ को छायांकन थाल्नेछन् । निर्माता साजिद नाडियाडवाला फिल्मको तयारीमा नै व्यस्त छन् । अहिले स्किृप्टलाई अन्तिम रूप दिने काम भइरहेको छ ।

फिल्मका लागि सलमान खान त तय भइसकेका छन् । तर नायिका को बन्ने भन्ने अझै बाहिर खबर आएको छैन ।

भारतीय मिडियाले सूत्रको हवाला दिँदै यो फिल्ममा दुई नायिका हुने जनाएका छन् । फिल्ममा ज्याकलीन फर्नाडिस हुने सम्भावना बढी भएको बताइएको छ भने दोस्रो हिरोइनमा दिशा पटानी हुने सम्भावना छ ।

सलमानसँग दिशाले फिल्म ‘भारत’ मा काम गरिसकेकी छिन् । सोही क्रममा काम मन पर्दा सलमान खानले दिशालाई सिफारिस गरेको बताइएको छ । तर, यो बारेमा निर्माण टिमको आधिकारिक खबर भने बाहिर आएको छैन ।

 

तपाईको प्रतिक्रिया